न्यूनतम् पारिश्रमिक लागू गर्न निर्देशन

२०७२ चैत्र २६ गते, शुक्रबार

काठमाडौं, २६ चैत । संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रमिकका लागि राज्यले तोकेको न्यूनतम पारिश्रमिकलाई कडा रुपमा लागू गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले कुनै पनि प्रतिष्ठान वा कम्पनीले न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक उपलब्ध गराएको खण्डमा कारवाहीको दायरामा ल्याउन श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गरेको हो ।
आउटस्ट्याडिङ कम्पनीमार्फत् काम गर्ने श्रमिकको ज्याला पनि अनिवार्य रुपमा बैंकमार्फत् भुक्तानी गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।
श्रम मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले कुनै पनि श्रमिकले राज्यले तोके बमोजिमको न्यूनतम पारिश्रमिक उपलव्ध नगराए उजूरी आएको खण्डमा कडा कारवाही गरिने बताए । उनले राज्यको श्रमसम्बन्धी कानुन पालना भए नभएकोबारे मन्त्रालयले अनुगमनलाई तिव्र बनाउने तयारी गरेको जानकारी दिए । समितिका सदस्यहरुले राज्यले तोकेको न्यूनतम ज्याला लागू नहुनुलाई अपराध ठहर गर्दै कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार