बार अध्यक्षमा केसी विजयी

२०७२ चैत्र २६ गते, शुक्रबार

काठमाडौं, २६ चैत । नेपाल बार एसोसिएसनको अध्यक्षमा शेरबहादुर केसी विजयी भएका छन् । लोकतान्त्रिक समूहको नेतृत्व गरेका केसीले प्रगतिशील समूहका विजयकान्त मैनालीलाई पराजित गरेका हुन् । निर्वाचनमा तीन उपाध्यक्ष र तीन सदस्यबाहेक अरु १९ सिटमा लोकतान्त्रिक पक्षधर विजयी भएको छ । तीन उपाध्यक्ष र तीन सदस्य भने प्रगतिशील समूहका विजयी भएका हुन् । महासचिवमा केसी समूहकै खम्बबहादुर खातीले मैनाली समूहका दिनमणि पोखरेललाई हराएका छन् । कोषाध्यक्षमा केसी समूहका ज्ञानरत्न शाक्यले मैनाली समूहका हरिबहादुर खड्कालाई पराजित गरेका छन् । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाबीच प्रतिस्पर्धा भएको थियो । चैत्र २० गते देशका विभिन्न ३३ स्थानमा भएको निर्वाचनको २३ गतेबाट मतगणना थालिएको थियो । चार दिन लामो मतगणनापछि बारको २४औं कार्यसमितिमा नयाँ नेतृत्व चयन भएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]