नक्कली भारु : मगाउने भारतीय, पठाउने पाकिस्तानी

२०७२ चैत्र २७ गते, शनिबार

काठमाडौं, २७ चैत । भारत लैजान लागिएको १ करोड नक्कली भारतीय रुपैयाँ (भारु) सहित ६ जना पक्राउ परेका छन् । काठमाडौंको ठमेल, बानेश्वर र बल्खुबाट ५ सय दरका २० हजार थान नक्कली भारुसहित ६ जना पक्राउ परेका हुन् ।
प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरो र महानगरीय प्रहरीको संयुक्त अप्रेशनमा उनीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेमा पाकिस्तान, कराँचीका महम्मद नदिम, काठमाडौं बानेश्वर बस्ने मकवानपुर हरनामाडीकी उमादेवी पाण्डे, बारा सिमरा–५ का महादेव तिमल्सिना, महोत्तरी माइस्थान–८ का दिलबहादुर थापा, पर्सा भौराटार–७ का परमानन्द यादव र बारा गन्जभवानीपुरका इश्वरप्रसाद साह तेली रहेका छन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नदिमले कराँची, दोहा हुँदै कतार एयरवेजबाट नक्कली भारतीय रुपैयाँ काठमाडौं ल्याएका थिए । सो रकम काठमाडौंमा पाण्डेले नदिनसँग बुझी वीरगंजबाट आएका तिमल्सिनालाई बुझाउने जिम्मेवारी लिएका थिए । पाण्डेले तिमल्सिनासँग बुझी भारततर्फ लैजाने तथा यादव र तेलीले बजारमा वितरण गर्ने जिम्मेवारी बाँडेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले जानकारी दिए ।
नक्कली भारतीय नोटलाई भारतसम्म लैजान सो समूहका मूख्य कारोबारी भारतीय नागरिक नै रहेको तथ्यसमेत खुलेको छ । – राजधानी दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार