लोडसेडिङ ९ घण्टामा झर्यो

२०७२ चैत्र २७ गते, शनिबार

काठमाडौं,२७ चैत्र । नेपाल विद्युत प्राधिकरणले दैनिक ३ घण्टाका दरले लोडसेडिङ घटाएको छ । अहिलेसम्म दैनिक १२ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा घटेर ९ घण्टामा झरेको छ । नदी नालाहरुमा पानीको वहाब बढ्न थालेपछि नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ घटाएको हो । पानीको बहाव बढेसंगै विद्युत उत्पादन पनि बढेकाले लोडसेडिङ घटाउन संभव भएको प्राधिकरणले जनाएको छ । केही दिन अघिबाट विद्युत उत्पादन हुने नदीहरुमा पानीको मात्रा बढेकाले विद्युत उत्पादनमा वृद्धि भएको प्राधिकरणको भनाइ छ । दुई हप्ताअघि मात्र प्राधिकरणले एसएलसी परीक्षालाई ध्यानमा राखेर दिनमा एक घण्टा लोडसेडिङ घटाएको थियो । अहिले हप्तामा ७७ घण्टा लोडसेडिङ हुने गरेको छ । प्राधिकरणले पहिलेकै तुलनामा बत्ति केही समय चाँडो आउने वा केही समय ढिला जाने जनाउँदै अस्थायी रुपमा मात्रै लोडसेडिङ घटेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार