दक्ष जनशक्ति निर्माणका लागि चलखेल बजार

२०७२ चैत्र २८ गते, आईतवार

काठमाडौँ, २८ चैत । बेरोजगारी अन्त्य तथा दक्ष जनशक्ति निर्माणका लागि धार्मिक र सांस्कृतिक प्रवद्र्धनसहित चन्द्रागिरि नगरपालिकास्थित चुन्देवी, चन्नेपाटीमा चलखेल बजार सुरु भएको छ । युवाको विदेश पलायन रोक्न र आर्थिक विकासको लक्ष्यसहित विभिन्न १० वटा सटरबाट सो बजार सुरु भएको हो । बजारको शनिबार उद्घाटन गर्दै चन्द्रागिरि नगरपालिका कार्यकारी प्रमुख गोविन्दप्रसाद पाण्डेले आर्थिक र सामाजिक विकासमा बजारको स्थापनाले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, नेपाल हस्तकला सङ्घका विभागीय प्रमुख सुष्माराज भण्डारीलगायतले शुभकामना दिएका थिए । बजारका प्रमुख वसन्तकुमार खत्रीले स्थानीय बलम्बु टोल र अन्य स्थानमा पनि युवा स्वरोजगारीका लाग प्रवद्र्धनात्मक र सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार