आगलागी र डढेलोका घटना अत्यधिक
काठमाडौ, २९ चैत । सुक्खायामसँगै आउने हावाहुरीका कारण मुलुकभर आगलागी र डढेलोका घटना बढेका छन् । अहिले देशभरी २ सय ३७ ठाउँमा डढेलो लागिरहेको छ । एक सय भन्दा डढेलो बस्तिको नजिकै रहेकाले जोखिम उच्च देखिएको छ । अस्तियो समयको सबैभन्दा बढी २ सय ७५ ठाउँमा र हिजो २ सय ५१ डढेलो लागेको थियो । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजक तथा डढेलो विज्ञ सुन्दर शर्माले शनिबार मौसमको सबैभन्दा बढी २ सय ५७ ठाउँमा डढेलो लागेको जानकारी दिए ।
अमेरिकी अन्तरिक्ष संस्था नासाको भूउपग्रह प्रविधिले राष्ट्रिय र सामुदायिक दुवै वनमा डढेलो लागेको देखाएको छ । डढेलो विज्ञ शर्माले जंगल र वस्तिको २० मिटरको भाग बोट, विरुवा झारपात नहुनेगरि सफा राख्ने जंगलको डढेलोबाट बच्न सकिने सीआइएनलाई बताउनुभयो । बैशाखको दोस्रो साता आगलागी र डढेलोका लागि उच्च जोखिमयुक्त समय मानिन्छ ।