नयाँवर्षमा टेलिकमको छुट

२०७२ चैत्र ३० गते, मंगलवार

काठमाडौं, ३० चैत । नेपाल टेलिकमले नयाँवर्ष २०७३ को अवसरमा आफ्ना ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । टेलिकमले जीएसएम तथा सीडएमए मोबाइल सेवामार्फत् कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुलदरमा यही चैत ३० देखि २०७३ वैशाख १ गतेसम्म दुई दिनका लागि विद्यमान महसुलदरमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ ।
जीएसएम प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई ती प्याकेज तीन दिनका लागि चैत ३० देखि २०७३ वैशाख २ गतेसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतीभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । डाटा सेवाअन्तर्गत् १०० एमबी साइजको डाटा रु ५० मा खरिद गरी ७ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार