सुबिसुले ल्यायो ‘नयाँ वर्षको बहार’ योजना

काठमाडौं, ३० चैत । सुबिसु केवलनेट (प्रा.) लि ले नयाँ वर्ष २०७३ को अवसरमा ‘सुबिसु नयाँ वर्षको बहार’ योजना ल्याएको छ। केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक सो कम्पनीको ‘नयाँ वर्षको बहार’ योजना अन्तर्गत ग्राहकलाई Clear TV Set Top Box, Cable Modem with Inbuilt Wireless Router, Fiber Modem र TV Receiver निःशुल्क प्रदान गर्ने जनाएको छ । त्यस्तै कम्पनीले रिटेल सेवाहरु जडानमा आकर्षक प्याकेजहरु निर्माण गरेको छ । जस्तै इन्टरनेट, क्लियर टिभी तथा दुवै सेवाहरु इन्टरनेट र क्लियर टिभीका प्याकेजहरु ३ हजार ९ सय ९९ देखि १० हजार ९ सय ९९ रुपैयाँसम्म उपलब्ध छन् । साथै कम्पनीले आफ्ना र्वतमान इन्टरनेट तथा केबल टिभीका ग्राहकका लागि पनि ‘लोयल्टी अफर’ प्रस्तुत गरेको छ । ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार कुनै पनि प्याकेज खरिद गर्न सक्नेछन्। यो योजना सीमित अवधिका लागि शर्तहरुसहित लागू हुने कम्पनीले जानकारी दिएको छ।