पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास

२०७३ बैशाख १ गते, बुधबार

काठमाडौ, १ बैशाख । प्रधानमन्त्री सहित शिर्ष राजनैतिक दलका नेताद्धारा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको सिलान्यास गरिएको छ । नया वर्ष २०७३ को अवसर पारी आइतबार बिमानस्थल निर्माण स्थल पोखराको छिनेडांडामा प्रधानमन्त्री सहित विभिन्न मन्त्री तथा राजनैतिक दलका शिर्र्ष नेताहरुद्धारा सामुहिक रुपमा सिलान्यास गरेका हुन ।
प्रधानमन्त्री केपी शर्मा वली, पूर्वप्रधानमन्त्री द्धय पुष्पकमल र झलनाथ खनाल, उपप्रधानमन्त्री द्धय कमल थापा र विजय कुमार गच्छदार र नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले विमानस्थलको सिलान्यास गरेका हुन ।
सिलान्यास कार्यक्रममा वोल्दै प्रधानमन्त्री केपी शर्मा वलीले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल तोकिएको समयमानै निर्माण सम्पन्न हुने वताउदै निर्माण कम्पनी चीनको निर्माण कम्पनीलाई सरकारले सहयोगमा कुनै कसुर बांकी नराख्ने प्रतिवद्धता ब्यक्त गरे । प्रधानमन्त्री वलीले सिलान्यास भएको मितीबाट आगामी २०७७ साल भित्रमानै विमानस्थल निर्माण सम्पन्न भएर छाड्ने वताए ।
त्यस्तै एमाओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा विमानस्थलको सिलान्यासले विकासको कामको थालनी भएको वताउदै चिन संग सहकार्य गरेर ल्हासा, केरुङ हुदै काठमाण्डौ पोखरा र लुम्बिनीमा रेलमार्ग निर्माण कार्यलाई अगाडी वढाउने वताए । विमानस्थल सिलान्यासले पोखरामात्र नभइ समग्र नेपालको बिकासको काम अगाडी वढ्ने दाहालको भनाइ रहेको थियो ।
त्यस्तै पूर्व प्रधानमन्त्री झलनाथ खनालले पोखरा क्षेत्रिय विमानस्थलको सिलान्यासले सिंगो नेपाललाइनै नया युग तर्फ अगाडी वढाएको वताए । विमानस्थल सिलान्यास संगै पश्चिमाञ्चल क्षेत्रको बिकासको ढोका खुलेको भन्दै खनालले हवाइ यातायातको क्षेत्रमा महत्वपूर्ण कदम अगाडी बढेको र यसले पोखराको समग्र पर्यटनको बिकासमा समेत टेवा पुग्ने वताए ।
उप प्रधान तगा भौतिक योजना मन्त्री बिजय कुमार गच्छदारले पोखरामा सिलान्यास भएको विमानस्थलले समग्र नेपालको बिकासको ढोका खुलेको वताए । गच्छदारले समग्र पोखरामात्र नभइ हिमाल, पहाड , तराइको बिकासमा पोखरामा निर्माण हुने अन्तराष्ट्रिय विमानस्थलले ठूलो भुमिका खेल्ने उनको भनाइ रहेको थियो । पोखरा बिमानस्थल सिलान्यास भइरहदा पोखरामात्र नभइ बाराको निजगढको विमानस्थल निर्माणलाई पनि अगाडी वढाउनुपर्नेमा उनको जोड रहेको थियो । राजनितीक अस्थिरतालाई चिरेर अगाडी वढे नेपालको बिकास सम्भव रहेको उनको भनाइ रहेको थियो ।
त्यस्तै उप प्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले विमानस्थल सिलान्यासमा सम्पूर्ण राजनैतिक दलका सिर्श नेताको उपस्थिती रहेकाले विमानस्थल निर्माण हुनेमा कुनै शंका उपशंका गर्न जरुरी नरहेको वताए । थापाले राजनैतिक दलहरुले आपसी विवादलाई पन्छ्याएर मुलुकको आर्थिक बिकासतर्फ अगाडी वढ्न जरुरी रहेको वताए ।
नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले बिकासको काममा राजनिती गर्न नहुने वताउदै राजनैतिक बिवादका कारण नेपालका ठूलठूला योजनाहरु सफल हुन नसकेको तितो यथार्थ रहेको वताए ।
अर्थमन्त्री विष्णु पौडेलले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको सिलान्यास संगै मुलुकको विभिन्न आयोजनाहरु अगाडी वढ्ने वताए । विमानस्थल जस्तो बिकासको काममा राजनैतिक दलहरुले समन्वय गरेर अगाडी वढ्नुपर्नेमा उनको जोड रहेको थियो ।
विमानस्थल निर्माण कम्पनी चिनको सि एस सी कम्पनीका प्रमुख लउ युनले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तोकिएको समयमानै सम्पन्न गराउने प्रतिवद्धता ब्यक्त गरिन । पोखराको बिमानस्थल निर्माणमा सरकारले सहयोग गर्नुपर्ने र निर्माणको काममा कुनैपनि ढिलाइ नुहुने उनको भनाइ रहेको थियो ।
पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले पोखरा क्षेत्रिय विमानस्थल निर्माण संग संगै फास्ट ट्रयाक निर्माणलाई जोड दिइने वताए । मन्त्री पौडेलले पोखराको बिमानस्थल तोकिएकै समयमा निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्दै विमानस्थल निर्माणको क्रममा कुनैपनि अवरोधको काम नगर्न पोखरेलीलाई आग्रह गरे ।
पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग २०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भएको थियो । पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ । ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरलगायत निर्माण हुनेछन् ।
पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ । यसमा बोइङ ७ सय ५७ आकारसम्मका जहाज उडान अवतरण गर्न मिल्ने बताइएको छ । यो विमानस्थल सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना प्रमुख प्रदिप अधिकारीका अनुसार विमानस्थलको लागि आवश्यक थप ५ सय २१ रोपनी जग्गामा ४ सय ६० रोपनी अधिग्रहण गरिसकिएको छ । जग्गा अधिग्रहण र मुआव्जा वितरणको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]