आज सिन्दुर जात्रा

२०७३ बैशाख २ गते, बिहीबार

काठमाडौं, २ वैशाख । गतमंगलबार भक्तपुरको भेलुखेलमा बाजागाजासहित उभ्याइएको ५५ हात लामो लिंगो हिजो साँझ ६ बजे ढालिएको हो । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पाँचौं दिने हिजो दिनभरको पूजापछि लिंगो ढालिएको हो । लिंगोलाई टुप्पोमा नाग र नागिनीको प्रतीक स्वरुप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक ८ वटा डोरीले बाँधी उभ्याइएको थियो । विस्केट जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नास हुने धार्मिक मान्यता छ ।
आज भक्तपुर थिमीको बोडेमा बिस्केटको छैठौं दिन बिहान सिन्दुर जात्रा गरी दिउँसो जिब्रो छेड्ने जात्रा मनाइन्छ । जात्राको आठौं दिन भक्तपुरका सम्पूर्ण देवीदेवताको सगुन पूजा गरिन्छ । जात्राको नवौं दिन वैशाख ५ गते बिहान कुमाले टोलमा उठाइएको लिंगो ढालिन्छ र बेलुका पहिलो दिन जस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु