बराह ज्वेलरीद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

२०७३ बैशाख ३ गते, शुक्रबार

काठमाण्डौं । बराहा ज्वेलरी ईन्डस्ट्रिज प्रालिले नयाँ वर्ष २०७३ सालको उपलक्षमा आफ्ना कर्मचारी ,ग्राहक तथा शुभचिन्तकलाई शुभकामना व्यक्त गरेको छ । राजधानीको र्याडिसन होटलमा बिशेष शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी बराहा ज्वेलरी ईन्डस्ट्रिज प्रालिले रात्रि भोजको समेत आयोजना गरेको थियो । कार्यक्रममा वाणिज्य विभागका महानिर्देशक शम्भु कोईराला , संविधान विद् डा. भिमार्जुन आचार्य , बराह ज्वेलरी ईन्डस्ट्रीजका अध्यक्ष शिवकुमार लामिछाने, बराह ज्वेलरी ईन्डस्ट्रीजका कम्पनी सचिव भोजराज लामगादे, प्रशासन अधिकृत पाभेल उदास , संचारकर्मी भरत शाक्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बराह ज्वेलरीको बारेमा डकुमेन्ट्री देखाईएको थियो भने बेलायत र हङकङमा रहेका सम्पर्क कार्यलय तथा धरान र पोखरा शाखाको बारेमा समेत अवगत गराउनुका साथै सो डकुमेन्ट्रीमार्फत नै सम्पर्क कार्यलय र शाखा प्रमुखहरुले दिएको शुभकामना पनि प्रस्तुत गरिएको थियो । साथै कृपा दृष्टि डिजिटल स्टुडियोको बिषयमा चर्चा गरिएको थियो । यो नेपालमा भएका स्टुडियोहरु भन्दा फरक अन्तराष्ट्रिय स्टुडियो रहेको यसका अध्यक्ष शिब कुमार लामिछानेले बताए । कम्पनी अध्यक्ष लामिछानेले ग्राहकको मायाका कारण नै जस्तो सुकै चूनौती आए पनि बराह ज्वेलरी अघि बढीरहेको भन्दै स्देशमा छरिएर रहेको पूजी र युवा शक्तिलाई समेटेर मुलुकको आर्थिक उन्नतिमा टेवा पुर्याईरहेको बताए ।सो अवसरमा कृपा डिडिजल स्टुडियोका प्रवन्ध निर्देशक पाभेल उदासले अनुप्रकाशलाई जिम्मेवारी हस्तान्तरण गर्नु भएका थिए । बराह ज्वेलरीले ३ सय ५० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल रहेको धरान शाखा प्रमुख मान बहादुर बिकले जानकारी दिए । बराहा ज्वलरी ईन्डष्ट्रिज प्रा.लि.ले हाल धरान र चितवनमा पनि आफ्नै भवन निर्माण कार्य सुरु गरिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार