नयाँ शक्तिदेखि सीके राउतसम्म प्रहरी निगरानीमा

२०७३ बैशाख ४ गते, शनिबार

काठमाडौ, ४ बैशाख । उपत्यका विशेष सुरक्षा बैठकमा मधेसी मोर्चाले गर्न लागेको आन्दोलन, नयाँ शक्ति र सीके राउतको गतिविधिमा विशेष निगरानी राख्ने विषयमा छलफल भएको छ।
बैठकमा सहभागी गृहमन्त्री शक्तिबहादुर बसनेतले अहिलेका प्रमुख चुनौती संविधान जसरी पनि कार्यान्वयन गर्नुपर्ने रहेको बताएका थिए।
बैठकमा सुरक्षा अधिकारीहरुले पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि संविधान कार्यान्वय गर्न नदिने शक्तिसँग लागेकोले उक्त पार्टीको गतिविधिमा निगरानी राखिनुपर्ने बताएका थिए।
मन्त्री बस्नेतले संविधान कार्यान्वयनमा बाधा पुर्याउने जुनसुकै शक्ति र पार्टीलाई रोक्ने रणनीति अवलम्बन गरेर कार्यान्वयन बनाई लागू गर्न निर्देशन दिएको स्रोतले बतायो।
स्रोतका अनुसार गृहमन्त्री बस्नेले भनेका थिए,‘जुनसुकै शक्ति भएपनि संविधान कार्यान्वयन गर्न नदिन र राज्यशक्तिमा आफ्नो भूमिका खोजेका हुन्। उनीहरुको गतिविधिलाई रोक्नु पर्छ।’-अन्नपूर्ण पोस्टवाट

प्रतिक्रियाहरु

[anycomment]