सभामुख घर्ती बेलायत जाँदै
काठमाडौ, ४ बैशाख । सभामुख ओनसरी घर्ती मगर बेलायती सरकारको निमन्त्रणमा ७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यस तर्फ प्रस्थान गर्दैछिन । सभामुख घर्ती बेलायती संसदको कार्यक्रममा सहभागी हुन बेलायत जान लागेको उनको सचिवालयले जनाएको छ । घर्तीको भ्रमण टोलीमा सत्तारुढ नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतहरु र नेपालको व्यवस्थापिका संसदका महासचिव सहभागी छन ।
सभामुख घर्ती स्कटल्याण्ड पुग्ने कार्यक्रमसमेत रहेको उहाँका सहयोगी भक्तबहादुर दर्लामी मगरले जानकारी दिए । उनले बेलायत रहँदा मगर संघ यूके लगायत विभिन्न संघ संस्था र नेपाली समुदायसँग भेट र छलफलगर्ने पनि कार्यक्रम रहेको छ । सभामुख घर्ती बैशाख ११ गते नेपाल फर्किने बताइएको छ ।