एकल कबिता वाचन कार्यक्रम सम्पन्न

२०७३ बैशाख ४ गते, शनिबार

काठमाडौँ । झापको झिलझिले किरात राई भवनमा झण्डै दुई शतक बेलायत बिताएका पुर्ब बेलायती सेना भोजपुरका युद्धकबि नरेस काङमाङ राईको एकल कबिता बाचन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको आयोजना धरमपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष कवि बिराट किराँतीले गरेका थिए । कार्यक्रममा नरेश काङमाङलेले १४ ओटा कबिता बाचन गरेका थिए, जसमध्ये चारवटा अरु कविहरुले बाचन गरेर सहयोग गरेका थिए । कविता बाचनमा दमकका याम थुलुङ, इलामका शुष्मा रुपाबुङ राई, धरानका श्रीशृशा राई, दमकका राजकुमार अनिश्चितले सघाएका थिए । उक्त अबसरमा पहिचान पुरस्कार कोषका लागि द. कोरियामा विभिन्न संघसंस्था किरात राई यायोख्खा, तामाङ संघ, भुजेल संघ, सङ्घीय समाजबादी फोरम, सङ्घीय लिम्बुवान समाजबाद, नेपाल आदिबासी महासंघ गणतन्त्रबाट उठेको एक लाख एकावन (१५१०००) हजार पहिचान पुरस्कारका संस्थापक नरेस काङमाङ राईलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार