नेपाल विश्वकै उत्कृष्ट गन्तव्यको सूचीमा
काठमाडौं । भ्रमण गन्तव्यका लागि सन् २०१६ मा बिश्वका दश उत्कृष्ठ देशको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतस्थित चर्चित रफ गाइड कम्पनीले सार्वजनिक गरेको सूचीमा नेपाल पहिलो स्थानमा पर्न सफल भएको हो । रफ गाइड कम्पनीको उक्त सूचीमा दक्षिण एसियाली राष्ट्रबाट नेपाल बाहेक श्रीलंका मात्र परेको छ । श्रीलंका १०औं स्थानमा छ ।
गत वर्षको भूकम्पपछि शिथिल बन्दै गएको नेपालको पर्यटन क्षेत्र विस्तारै अघि बढ्दै गएको, ‘ट्रेकिङ रुट’हरु पनि पुनः खुलेको उल्लेख गर्दै गाइडले नेपालका हिमश्रृङ्खला, जंगल, बाघ, हात्ती र गैंडा पहिलो रोजाईमा पर्ने जनाएको छ । बेलायती राजकुमार ह्यारीको हालै सम्पन्न नेपाल भ्रमणको सकरात्मक प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको हो । नेपालपछि क्रमशः कोलम्बिया, क्यूवा, जोर्डन, अल्वानिया, रोमानिया, एस साल्भाडोर, वेल्स, केन्या र श्रीलंका विश्वका अन्य १० गन्तब्यमा परेका छन् । रफगाइड ट्राभल र त्यस सम्बन्धि सन्दर्भ सामाग्री प्रकाशित गर्ने प्रसिद्ध संस्था हो ।