राज्यबाट एक रुपैयापनि सहयोग लिएको छैन – धुर्ब बिक्रम मल्ल

काठमाडौं । भारतको चेन्नई स्थित एम आइ ओं टी हस्पिटलमा ४ जनवरी २००० मा काका बिष्णु बिक्रम मल्लबाट मृगौला दान पाइ नयाँ जीवन शुरु गरेका बालाजु कराते डो एकेडेमिका अध्यक्ष धुर्ब बिक्रम मल्लले बाकी जीवन खेल क्षेत्र मार्फत रास्ट्रको निम्ति लगानी लगाउदै आएका छ्न। सार्क ट्रान्सप्लान्ट गेम,भारत चेन्नाइ,मा १०० र २०० मिटर दौडमा गोल्ड मेडल,त्यस्तै १०० मिटर पौडी मा गोल्ड मेडल,सट पुट मा समेत गोल्ड मेडल् पाएका मल्लले ज्यभेलिङ थ्रो मा सिलभर मेडल गरि जम्मा ४ स्वर्ण ,१ रजत गरि जम्मा ५ पदक जित्न सफल भएका छ्न ।
एशियन कराते महासंघ AKF बाट निर्णायक लाइसन्स प्राप्त मल्लले बालाजु कराते-डो प्रतिष्ठान,मार्फत साउथ एशियन गेम्समा स्वर्ण पदक र एशियन गेममा काश्य पदक दिलाउने कराते खेलाडीहरु,दर्जनौ राष्ट्रिय च्याम्पियन खेलाडीहरु र एशियन कराते महासंघ AKF लाइसन्स “जज” निर्णायकहरु उत्पादन गर्न सफल हुँदै आएका छ्न । मल्ल अध्यक्ष तथा प्रमुख प्रशिक्षक रहेको बालाजु कराते डो एकेडेमी मार्फत ब्लाक बेल्ड लिइ विश्व अल्ट्रा धाबिका समेत बन्न सफल भएकी छ्न मिरा राई,त्यस्तै १७ औ एसियाली गेममा आफ्नै खर्चमा गइ कास्य पदक दिलाउन सफल बिमला तामाङ जस्ता खेलाडी जन्मिसकेका छ्न राज्यबाट एक रुपैयापनि सहयोग लिएको छुइन – धुर्ब बिक्रम मल्ल
अहिलेसम्म मल्लको अध्यक्षतामा कराते खेलको अन्तरास्ट्रिय प्रतियोगिता समेत आयोजना गरिसकेका छ्न भने साथमा तेक्वान्डो, महिला- पुरुष भलिबल,किकबक्सिंग, एथलेटिक्स र करातेखेलहरुको रास्ट्रिय प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेका छ्न । देश तथा बिदेसमा निर्नायक रेफ्रीको भुमिका निभाउदै आएका मल्लले राज्यको खेलकुद हेर्ने सर्बोच्च अङ्ग राष्ट्रिय खेलकुद परिषदबाट सय रुपयाँ पनि सहयोग नलिएको बताउछ्न । मल्ल भन्छ्न “भारतको दिल्लीमा भएको साउथ एशियन कराते च्याम्पियनशिपमा ६ स्वर्ण पदक ५ रजत पदक जित्न सफल अफिसियल खेलमा रास्ट्रिय खेलकुद परिषद मा दर्ता भएको कुनै पनि खेलले यति ठुलो सफलता जित्न सकेका छैनन।” l राज्य कोषको ढुकुटीबाट लिने नभई दिने योजना रहेको प्रशिक्षक मल्ल बताउछ्न ।