विश्वमै दुलर्भ रेडपाण्डा भेटियो
काठमाडौं, ५ बैशाख । जाजरकोटको ढिमेमा विश्वमै दुलर्भ रेडपाण्डा फेला परेको छ । स्थानिय सरु खोलामा बग्दै गरेको अवस्थामा गाँउलेले देखेपछि रेडपाण्डाको उद्धार गरेको ढिमे ९ का दीपक हमालले जानकारी दिए । स्थानियले रेडपाण्डा छोपेर गाँउमा लिएर राखेको हमालले जानकारी दिए । ढिमेको घरङ्गा जंगलबाट पानी खान स्थानीय सरु खोलामा आएको बेला गोठालो गएका केटाकेटीले देखेर गाँउलेलाई खबर गरेका थिए । पानीमै सबै मिलेर छोपेको हमालले जानकारी दिए । रेडपाण्डाको तौल ७÷८ केजी रहेको हमालले वताए । गत बर्ष पनि छिमेकी पैकमा गाँउलेले छोपेको रेडपाण्डा बन कार्यालयका कर्मचारीको रोहवरमा जंगलमै छोडिएको थियो । जाजरकोटको उत्तरी भेगका ढिमे, पैक, नायकवाडा, रोकायगाँउ, रामीडाँडा, सक्लालगायतका गाविसमा विश्वमै लोप हुन थालेका रेडपाण्डा पाइन्छ तर त्यसको उचित संरक्षण नभएको पत्रकार तथा रेडपाण्डा संरक्षण अभियानका सदस्य हरिहर सिंह राठौरले बताए ।