संघीय गठबन्धनको बैठक बस्दै

२०७३ बैशाख ७ गते, मंगलवार

काठमाडौ, ७ बैशाख । संघीय गठबन्धनमाआवद्ध २४ दलको बैठक आज बिहान ११ बजेपछि बस्दैछ । बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने भएको छ । काठमाडौ केन्द्रित आन्दोलन सुरु भएको घोषणा गरेको गठबन्धनले आज कार्यक्रम तय गर्ने र त्यस अनुसार आन्दोलन सुरु गर्ने बताएको छ । ६ महिनासम्म मधेसमा शान्तिपूर्ण आन्दोलन गर्दा पनि काठमाडौको सत्ता प्रतिक्रिया विहीन भएको भन्दै अब राजधानीमै विस्तृत आन्दोलन गर्ने गरी आजको बैठकबाट खाका सार्वजनिक गरिने संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार आउने हप्ताबाट नै आन्दोलन सुरु हुनेछ । गठबन्धनले सरकारको वार्ताका लागि २६ बुँदे माग अघि सारेको छ ।

प्रतिक्रियाहरु

[anycomment]