श्रीमतीलाई छिमेकीकै अगाडि नाङ्गै बनाएपछि…
काठमाडौं, ९ वैशाख । परपुरुषसँग अवैध सम्बन्ध राखेको शंका लागेपछि एक पुरुषले छिमेकीकै अगाडि श्रीमतीलाई नंग्याएका छन् । घटना नोएडाको हो । जहाँ एक महिलाले छिमेककै एक पुरुषलाई घरमा बोलाएर सानो सहयोग मागेकी थिइन् त्यसलाई उनका श्रीमानले अवैध सम्बन्ध राखेको शंकाको रुपमा हेरे । छिमेकीसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमानले उनको कपडा च्यातिदिए । अर्धनग्न बनाउँदा पनि छाडेनन् गाउँलेका अगाडि सडकमा नांगै पारेर बेस्सरी कुट्न थाले । ज्यान बचाएर प्रहरी चौकी पुगेकी पीडित महिला भन्छिन्– ‘चोट यदि शरीरमा थियो भने भुल्न सक्थे, मन र मस्तिष्कमा लागेको चोटलाई कसरी मेटाउ ?’
कोतवाली सेक्टर ३९ को स्वागत कक्षमा बसेकी उनले यो शब्द बोलिसकेपछि आसु खसालेर धरधरी रोइन् । उनलाई पीडा कुनै अन्जान व्यक्तिले होइन बल्कि सात जन्मसम्म साथ दिने कसम खाएका उनकै श्रीमानले दिएका हुन् । जो एक शंकाले भयो ।
सेक्टर १०० स्थित विद्युत विभागका कर्मचारी वारिश अली स्टाफ घरमा बस्दै आएका थिए । वारिशकी श्रीमतीका अनुसार उनीहरुको विहे १७ वर्ष पहिला भएको थियो । दुई छोरी र एक छोरा छन् । श्रीमान मदिरा पिएर मोजमस्तीमा रमाउँछन् । घर आउँदैनन् । विजुली विभागबाट पाइने तलब पुरै मदिरा सेवन गरेर उडाउँछन् । यसकारण पछिल्लो दुई वर्षदेखि छोराछोरी पढाइबाट बञ्चित भएका छन् । अवस्था यस्तो भइसकेको छ कि विरामी हुँदा औषधि किन्ने पैसा पनि छैन् । छोराछोरी विरामी हुँदा छिमेकीसँग सापट मागेर उपचार गर्नुपर्थ्यो ।
महिलाले प्रहरी वयानमा भनेकी छन् कि– पछिल्लो केही दिनयता उनका छोरा विरामी परेका थिए । छिमेकीसँग दुई सय रुपैयाँ सापट लिएर छोराको उपचार गराइन् । यो कुरा श्रीमानले थाहा पाएपछि छिमेकीसँग अवैध सम्बन्ध राखेको भन्दै छोराछोरीकै अगाडि घरमा आएर कुट्न थाले । म बच्नका लागि सडकतिर भागे । श्रीमानले सडकमै सबैका अगाडि मेरो कपडा च्यातिदिए । मलाई अर्धनग्न बनाएर कुट्न थाले त्यहाँ कसैले बचाएन् । फेरि त्यहाँबाट भागेर म विजुली विभागको कार्यालय पुगे जहाँ दुई कर्मचारीले मलाई बचाएर प्रहरी चौकी पुगाइदिए ।
समाचार अनुसार पीडित महिलाको उजुरीपछि लखनउ प्रहरी मातहतको कोतवाली सेक्टर ३९ पुलिसले श्रीमान वारिश अलीविरुद्ध मुद्दा दर्ता गरेको छ । अब उनको ओजी भइरहेको छ । पीडित महिला छोराछोरीका साथ एक नातेदारको घरमा शरण लिएर बसिरहेकी छिन् । – एजेन्सी ।