प्रधानमन्त्री ओलीले सके भोजभतेरमै तीन करोड
काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको एक वर्ष नपुग्दै आधा दर्जन भन्दा बढी पटक भोजभतेर आयोजना गरी राज्यको ३ करोड रुपैयाँ सिध्याएका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालायलाई खाजा, भोज भतेरलगायत खर्च ९विविध शीर्षक०का लागि एक करोड ५० लाख रुपैयाँ दिएको थियो ।
प्रधानमन्त्री ओलीले अनावश्यक भोजभतेर गर्दा रकम अपुग भएपछि अर्थ मान्त्रालयले थप एक करोड ५० लाख रुपैयाँ निकासा दिएको छ । अर्थले बजेट उपशीर्षक नम्बर ६०२०२३३ बाट यो रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालायलाई निकासा दिएको हो ।
प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्री बनेपछि ओलीले विभिन्न निहुँमा पटक पटक गरी आधा दर्जनभन्दा धेरै पार्टी दिएका छन् । अनावश्यक भोजभतेर नगरेको भए सुरुमै दिएको बजेटले पुग्ने ती अधिकारीले जानकारी दिए । ओलीले भूकम्प र भारतीय नाकाबन्दीका कारण मुलुक असहज परिस्थितिनमा भवएका बेला प्रधानमन्त्री बनेका थिए । प्रधानमनत्री भएको केही दिनभित्रै उनले दिएको पार्टीलाई लिएर सर्वत्र आलोचना भएपछि उक्त पार्टी ओलीकै व्यक्तिगत खर्चमा भएको सार्वजनिक गरिएको थियो । उक्त पार्टीको बिल पनि सरकारले नै तिरेको ती अधिकारीले जानकारी दिए । उनका अनुसार बालुवाटारमा हुने प्रत्येक पार्टीमा ५ देखि १० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । – नागरिक दैनिकबाट