आजबाट सम्पदा पुनः निर्माण सुरु

२०७३ बैशाख १३ गते, सोमबार

काठमाडौ, १३ बैशाख । सरकारले भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरु पुनः निर्माणको काम आजबाट सुरु गर्ने भएको छ ।
आज विभिन्न चार स्थानबाट सम्पदाहरु पुनःनिर्माणको काम सुरु गर्ने पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्रधानमन्त्रीसहित दलका शीर्ष नेताबाट बिहान ९ बजे एउटै समयमा सम्पदा पुनःनिर्माणको अभियान सुरु गर्ने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदा पुननिर्माणको सुरुवात अनन्तपुर मन्दिर स्वयम्भूको पुनःनिर्माण शुभारम्भ गर्ने कार्यक्रम छ ।
पाटन दरवार क्षेत्रमा रहेको मणिमण्डपको पुनःनिर्माण शुभारम्भ पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वंशगोपाल मन्दिर, हनुमानढोकाको पुननिर्माण नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गर्ने बताइएको छ ।
यसैगरी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सासंद नारायणमान विजुक्छेले भक्तपुरको फसि देगः मन्दिर र याला गेटको जिर्णोद्धारको पुनःनिर्माण शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । चार स्थानबाट पुनः निर्माणको सुभारम्भपछि ११ बजे भृकुटीमण्डपमा प्रधानमन्त्री ओली तथा प्रमुख राजनीतिक दलका नेताहरुको उपस्थितिमा गत नेपालमा भएका पर्यटन क्षेत्रका सकारात्मक घटना, तस्वीरहरु तथा भिडियो क्लिपको प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु