वैदेशिक रोजगारीमा गएकी पीडित महिलाको उद्धार
काठमाडौं, १३ बैशाख । वैदेशिक रोजगारीमा मलेशिया गएकी पीडित रसुवा धैबुङ ५ कालिकास्थान घरभएकी ३० बर्षीया यशोदा देवकोटालाई महानगरीय अपराध महाशाखाको विशेष पहलमा मलेशिया स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी शनिबार उद्धार गरी नेपाल ल्याएको छ ।
२०७१ साउन ४ गते नेपालबाट मलेशिया रोजगारको सिलसिलामा देबकोटा काम गर्ने क्रममा केही समय पश्चात रोजगारदाताले राम्रो मानविय व्यवहार नगरेको, समयमा तलब नदिएको, घर परिवारसँग सम्पर्क समेत गर्न नदिएको, काम गर्ने ठाउँमा मात्र बस्न बाध्य पारेकोले काम गर्न सक्ने वातावरण नभएको, ज्यानको सुरक्षा समेतमा खतरा हुन सक्ने भएकोले श्रीमतीको जीवन रक्षा गरी उद्धार गरी दिनु हुन महाशाखामा पिडितका श्रीमानले निवेदन दिएका थिए ।