पुनःनिर्माण सुन्य , कस्टमा भूकम्प पीडित’ : बीबीसी
काठमाडौं, १३ वैशाख । नेपालमा विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पुनःनिर्माणको कामले गति नलिएकोप्रति अन्तर्राष्ट्रिय मिडियालेसमेत प्रश्न उठाउन थालेका छन् । भूकम्पको एक वर्षपछि पनि मानिसहरु त्रिपाल र टहरामा बसिरहनुपरेको अवस्था र आगामी बर्खामा पनि भूकम्पपीडितहरुले स्थायी बसोबास पाउने सम्भावना क्षीण बनेको ती सन्चारमाध्यमहरुको निष्कर्ष रहेको छ ।
बीबीसी विश्व सेवाले सर्वसाधारणका घरमात्रै नभइ ऐतिहासिक सम्पदाहरुको पनि पुनःनिर्माण सुरु नभएको भन्दै पुनःनिर्माणको कामै अघि बढ्न नसकेको समाचार सम्प्रेषण गरेको छ । भूकम्पपछि दातृ राष्ट्रहरुले सहयोग घोषणा गरेपनि त्यसको प्रयोग हुन नसकेको बीबीसीको समाचारमा उल्लेख छ । झन्डै ८ लाख घरहरु भत्किएकोमा एउटा पनि पुनःनिर्माण नभएको र दुर्गम गाउँका बासिन्दा अहिले पनि लथालिंग अवस्थामा बाँचिरहेको बीबीसीको दाबी छ । केही पीडितहरुसँगको कुराकानीसमेत प्रस्तुत गर्दै बीबीसीले उनीहरुले कहीँ–कतैबाट सहयोग नपाएको गुनासो गरेको पनि उल्लेख गरेको छ ।
रेडक्रमलाई उल्लेख गर्दै बीबीसीले ४० लाख मानिसहरु अहिलेपनि अस्थायी शिविरहरुमा कस्टकररुपमा बसिरहेको दाबी पनि गरेको छ ।
नेपाल सरकारले परिवारका सदस्य गुमाएकाहरुलाई ज्यादै सानो रकम दिनुबाहेक अरु सहयोग नगरेको र घर बनाउन दिने भनेको २ लाख रुपैयाँ अझै नदिएको पनि समाचारमा उल्लेख छ ।