संसद बैठक वैशाख २१ गते बोलाउन सिफारिस

२०७३ बैशाख १४ गते, मंगलवार

काठमाडौं, १४ वैशाख । सरकारले यही वैशाख २१ गते व्यवस्थापिका–संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको मंगलबार सिंहदरबारमा बसेको बैठकले वैशाख २१ गते बिहान ११ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । बैठकले सशस्त्र प्रहरीको महानिरीक्षकमा दुर्जकुमार राईलाई नियुक्त गरेको छ ।
यस्तै, बैठकले झुटो विवरण पेश गरी रुपन्देहीबाट नेपाली नागरिकता लिएका तीनजना भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्ने निर्णय पनि गरेको छ । बैठकले स्थानीय विकास सहायकमन्त्री विराट विष्टलाई पदमुक्त गरी उनको स्थानमा रेशम थापालाई नियुक्त गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]