शिक्षा कार्यालय कन्चनपुर ताला

२०७३ बैशाख १४ गते, मंगलवार

काठमाडौं, १४ वैशाख । संयुक्त विद्यार्थी संगठनले सोमबार जिल्ला शिक्षा अधिकारीलाई अभद्र व्यवहार गरी हातपात गरेको भन्दै जिल्ला शिक्षा कार्यालय कन्चनपुरका कर्मचारीले आज गेटमा ताला लगाएर कामकाज ठप्प पारेका छन् । शिक्षा कार्यालयको गेटमा कर्मचारीले ताला लगाएपछि सेवाग्राही मर्कामा परेका छन् ।कर्मचारीले सुरक्षाको कारण देखाउँदै जिल्ला शिक्षा कार्यालय कन्चनपुरमा कामकाज ठप्प पारेको बताएका छन । कार्यालयको गेटमा खटिएका सुरक्षाकर्मीले जिल्ला शिक्षा अधिकारीबाट कार्यालयभित्र प्रवेशका लागि रोक लगाइएको भन्दै सेवाग्राही तथा पत्रकारलाई गेट बाहिरबाटै फर्काएका छन । उता, जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीले भने कार्यालयमा कामकाज ठप्प नभएको भन्दै नियमित कामहरु सन्चालन भइरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]