आज नरिवल जात्रा
काठमाडौं ।रातो मत्स्येद्रनाथको टुप्पोबाट नरिवल खसालेर आज नरिवल जात्रा मनाइदै छ ।बर्षा र सहकालको देवता मानिने मत्स्येद्रनाथको रथलाई तानेर लगनखेलबाट थतिटोल पु¥याइएको थियो । नरिवल खसालेको दिनमा मत्स्येद्रनाथको देवली पनि गर्ने चलन रहेको छ । आजकै दिन मन्दिरमा मत्स्येद्रनाथ सहित बराहीहरुको पुजा गर्ने परम्परा रहेको छ । आज मंगलवजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार जोशी बसेर रथलाई जावलाखेलतर्फ तान्ने साइत हेरिने गरिन्छ । साइत नजुरेसम्म रथलाई त्यसै ठाउमा बिश्राम गराइन्छ । साइत जुरेको दिन रथलाई तानेर जावलाखेल पु¥याइन्छ र त्यासको चार दिनपछि भोटोजात्रा मनाउने चलन रहेको छ । भोटोजात्रा सकिएपछि मत्स्येद्रनाथलाई खटमा राखी बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याउने परम्परा रहेको छ ।