किन गए पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारततिर ?

२०७३ बैशाख १७ गते, शुक्रबार

काठमाडौ, १७ बैशाख । लामो समयदेखि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र शाह अचान भारत भ्रमणमा गएका छन्। निजी सचिव सागर तिमिल्सिनाका साथमा उनी बिहीवार दिउँसो करिब साढे ४ बजे इन्डियन एयरलाइन्सबाट भारतको नयाँ दिल्ली गएका हुन् ।
पूर्वराजाले सशस्त्रका निजी अंगरक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि सँगै लगेका छन्। मुलुकमा राजतन्त्र फर्कन सक्ने हल्ला चलिरहेका बेला विशेष कारण देखाउँदै पूर्वराजा अचानक भारत भ्रमणमा जानु अति महत्वपूर्णरुपमा लिइएको छ। उनले भारतमा उच्च राजनीतिक भेटघाट गर्ने सम्भावना रहेको दरबार उच्च स्रोतले जनाएको छ।
यसअघि गएको पुसमा थाइल्याण्ड भ्रमणमा गएका पूर्वराजाले भारतका उच्च राजनीतिज्ञहरुसँग थाइल्याण्डमै भेटघाट गरेका थिए। ‘बिहीबारमात्रै अचानक भारत भ्रमणमा जाने कुरा चल्यो, उच्च स्राेतले भन्यो,‘तबमात्रै तयारी गर्यौं।’ करिब एक महिना थाइल्याण्ड बसाइपछि नेपाल फर्किएका पूर्वराजा पछिल्लो समय कुनै भेटघाट गरेका थिएनन्। ‘कार्यक्रममा समेत नगइ निर्मल निवासमा बसिरहेका उनको अचानक भारत भ्रमणले आश्चर्य पारेको छ, उच्च स्रोतले भन्यो।’- नेपाल समाचार पत्रवाट

प्रतिक्रियाहरु

[anycomment]