वरिष्ठ साहित्यकार तथा कम्युनिष्ट नेता ‘प्रदीप’को निधन

२०७३ बैशाख १८ गते, शनिबार

काठमाडौं, १८ बैशाख । वरिष्ठ साहित्यकार तथा कम्युनिष्ट नेता रामप्रसाद शर्मा ‘प्रदीप’ को हिजो साँझ ७ बजे हृदयाघातबाट निधन भएको छ । दिउसोसम्म विभिन्न साहित्यिक कार्यक्रममा सहभागि भएका उनको एक्कासी निधन भएको हो । शर्माको पत्नी , दुई छोराहरू सुदीप र सन्दीप , दुई बुहारी र तीन जना नाति–नातिना छन् । प्रखर जनवादी साहित्यकार तथा कम्युनिष्ट कार्यकर्ताको रुपमा चिनिएका शर्माले जनवादी साहित्यको फाँटलार्इ धेरै गुन लगाएका छन् । प्रगतीशिल लेखक संघको राष्ट्रीय अध्यक्ष समेत रहेका थिए शर्माको २०३० को दशकमा लुम्विनी अञ्चलको कम्युनिष्ट आन्दोलनमा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।
शर्माको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ८ बजेदेखि १२ बजेसम्म राखिने भएको छ । १२ बजे पश्चात पशुपति आर्यघाटमा लगि अन्तिम संस्कार गरिने परिवारजनहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार