राष्ट्रिय सुचना आयोग आठौँ स्थापना दिवस मनाउँदै

२०७३ बैशाख २२ गते, बुधबार

काठमाडौ, २२ बैशाख । राष्ट्रिय सुचना आयोगले आज आफ्नो आठौँ स्थापना दिवस मनाउँदैछ । सुचना आयोग स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओलीले शुभकामना व्यक्त सन्देश ब्यक्त गर्दै आफ्नो र सार्वजनिक सरोकारको कुनै पनि बिषयको सुचना माग्ने र पाउने हक भएको भन्दै यसको अधिकतम प्रयोग गर्न सबैमा आग्रह गरेका छन । बार्षिकोत्सवकै अवसरमा शुभकामना सन्देश ब्यक्त गर्दै राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरि बास्कोटाले सबै नागरिकलाई आफ्नो संबैधानीक र कानुनी अधिकारको उपयोगमा पुर्णत चनाखो रहन अपिल गरेका छन ।
सबै सार्वजनिक निकायलाई जनताको सुचनाको हकलाई सम्मान गर्न पनि सुचना आयोगले आग्रह गरेको छ । सुचनाको हकसम्बन्धि ऐन २०६४ बमोजिम सुचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गर्ने उद्येश्यका साथ राष्ट्रिय सुचना आयोगलाई स्वतन्त्र आयोगको रुपमा स्थापना गरिएको हो । नेपालको संबिधान २०७२ को मौलिक हक अन्तर्गत धारा २७ मा सुचनाको हक सम्बन्धि ब्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]