१० खर्बको बजेट ल्याउने तयारी

२०७३ बैशाख २५ गते, शनिबार

काठमाडौं, २५ वैशाख । सरकारले बजेटको आकार बढाउने भएको छ । विभिन्न मन्त्रालय तथा निकायहरुबाट तोकिएको सिलिङभन्दा झन्डै दोब्बर बजेट माग भएपछि सरकारले बजेटको आकार बढाएर र लोकप्रिय कार्यक्रमहरु घोपषण गर्ने तयारी गरेको बुझिएको छ । सरकारले बजेटमार्फत सरकारी कर्मचारीहरूको तलब बढाउने, बेरोजगार युवाहरूलार्इ विषेश सम्बोधन गर्ने, सामाजिक सुरक्षामा सरकारी खर्च बढाउने, स्वदेशी पुँजीमै ठूला अयोजनाहरूको निर्माणको घोषणा गर्ने तथा अन्य अाकर्षक कार्यक्रमहरू तयार भइरहेको स्रोतले बताएको छ ।
अर्थमन्त्री र योजना आयोगका उपाध्यक्षले बजेटको आकार १० खर्बसम्म पुर्‍याउन सकिने बताउँदै आएको स्रोतले बताएको छ । जुन, योजना अायोगले दिएको सिलिंगभन्दा ९१ अर्ब रूपैयाँले बढी हो । आयोगले आर्थिक वर्ष २०७३/०७४ का लागि ९ खर्ब ९ अर्ब रुपैयाँ बराबरको बजेट तयार गर्न अर्थ मन्त्रालयलाई सिलिङ दिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार