भुकम्प पिडितलाई सहयोग गर्ने दातालाई सम्मान
काठमाडौं, २६ बैशाख । सिद्धार्थ हिमालयन युवा क्लवद्धारा भुकम्प पिडितहरुलाई सहयोग गर्ने दाताहरुलाई एक कार्यक्रमबिच सम्मान तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
२०७२ बैशाख १२ र २९ गते गएको महाभुकम्पको समयमा मार्दु गाविस, दोलाखाका भुकम्प पिडितलाई सहयोग गर्ने दाताहरुलाई क्लवले सम्मान गरेको हो । क्लबले रु. पाँच हजार देखि रु. एक लाख पचास हजार सम्म सहयोग गर्ने दाताहरुलाई सम्मान गरेका हुन। सम्मान सगैँ नयाँ वर्षको शुभकामना आदन प्रदान साटसाट पनि गरिएको थियो ।
कार्यक्रममा अतिथिहरुले महाभुकम्पको समयमा सरकारले ध्यान दिन नसकेको काममा कल्वले प्रशंसनिय कार्य गरेको प्रती चर्चा गरे। क्लबले स्थापना काल देखि नै मार्दु गाविसका बासिन्दाहरु विरामी पर्दा र महाभुकम्पको पिडितहरुलाई विभिन्न दाताहरुसगँ सहयोग रकम उठाइ सहयोग गर्दै आएका छ्न।