२३ पदक सहित बालाजु कराते-डो टिम च्याम्पियन

काठमाडौं, २६ बैशाख । सितोरियो कराते पचली भैरब डोजो र सतुङ्गल डोजोको आयोजनामा “पश्चिम भ्याली ओपन कराते प्रतियोगिता २०७३”यही बैशाख २५ गते सम्पन्न भएको छ । सतुङ्गल, काठमाडौँमा सम्पन्न भएको प्रतियोगिताको नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले उत्घाटन गरेका थिए । आयोजक डोजोका प्रशिक्षक तथा कार्यक्रम संयोजक सागर शाहीले संचालन गरेको उक्त प्रतियोगितामा रेफ्रीको भूमिका बिरकृष्ण शाहीले निर्वाह गरेका थिए।उक्त प्रतियोगितामा AKF निर्णायकहरु पृथ्वी बहादुर श्रेष्ठ,छत्र बहादुर आले, श्याम सुनुवार राई,रामचन्द्र गुरुङ साथमा रास्ट्रिय रेफ्री रामशरण त्वाटी,परशुराम बास्तोला,सन्जय रञ्जित, छोनाम लामा लगाएत रेफ्रीहरुले आफ्नो भूमिका निर्बाह गरेका थिए ।
पदक बिजेता खेलाडीहरुमा प्रनिशा सिंह ठकुरी २५ के जि गोल्ड मेडल,अन्जान थापा मगर २५ केजि गोल्ड मेडल त्यस्तै अल्बिना नगरकोटी ४० केजि गोल्ड मेडल,बिभिसिका श्रेष्ठ ४५ केजि कुमुते र काता गरि २ गोल्ड मेडल,बिपिन तामाङ ५० केजि,मेलिना मगर ५५ केजि,सुमित तामाङ४० केजि गरि जम्मा ९ गोल्ड मेडल,६ कास्य र ८ रजत गरि जम्मा २३ पदक जित्न सफल भए ।