अनलाइन सामाग्री जफत अभियान
काठमाडौ,– चीनले अश्लिलता फैलाएको भन्दै डेढ लाख भन्दा बढी अनलाइन प्रकाशन जफत गरेको छ ।अश्लिलता रोक्ने उद्देश्यले गएको मार्चमा शुरु गरिएको इन्टरनेट सफाई अभियान अन्तर्गत १ लाख ८० हजार वटा अनलाइन सामाग्री नियन्त्रणमा लिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।अश्लिल र अवैध प्रकाशन विरुद्धको राष्ट्रिय कार्यालयका अनुसार १० हजार भन्दा बढी वेबसाइटलाई कानुन र नियम उल्लंघन गरेको आरोपमा कारवाही गरिएको छ ।अभियान सञ्चालन भएपछि ५६ लाख वटा अवैध प्रकाशन पनि सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । अनलाइन अश्लिल सामाग्री, अवैध अनलाईन खेल विज्ञापन लगायतका गतिविधि रोक्न भन्दै चीनले गएको मार्चमा अभियान शुरु गरेको थियो ।
अभियान मे सम्म सन्चालन गर्ने तय भएपनि खोजी संगै अब कानून उल्लंघनका मुद्धा र बेवसाईट व्यवस्थापनको सुदृढीकरणमा केन्द्रित गरी जुन महिनामा पनि अभियान सन्चालन हुने अधिकारीहरुले बताएका छन् ।- एजेन्सी