नीजि विद्यालयहरुको अनुगमन गरिंदै

२०७३ बैशाख २७ गते, सोमबार

काठमाडौ, २७ बैशाख । शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्व र विद्यार्थी संगठनहरुको सहभागितामा आजदेखि निजी विद्यालयहरुले लिंदै आएको मनपरि शुल्क र छात्रवृत्ति तथा शिक्षा ऐन निर्देशिकाअनुसार विद्यालय संचालन भए नभएको बारेमा अनुगमन सुरु हुने भएको छ ।
उपत्यकाका तीन जिल्लामा मन्त्रालयले ६ वटा समूह बनाएर अनुगमन थाल्ने छ भने अरु जिल्लामा उपसचिवको नेतृत्वमा समिति बनाई अनुगमन थालिने छ । गत बर्ष बैशाख ६ गते विद्यार्थी संगठन र सरकारबीच भएको १० बुँदे सहमतिमा पनि अनुगमन प्रभावकारी बनाउने सहमति भएको र त्यसैअनुसार विद्यार्थी संगठनसमेतको सहभागितामा अनुगमन हुन लागेको हो । अनुगमनका क्रममा दोषी देखिएका विद्यालयहरुलाई एक हप्ताभित्र कारबाही गर्ने तयारी पनि गरिएको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार