आज नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गर्न समय

२०७३ बैशाख २७ गते, सोमबार

काठमाडौं,२७ बैशाख । संसद सचिवालयका अनुसार सरकार ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्न चाहनेहरुका लागि आज समय तोकिएको छ । सभासद्हरुले आज दिनभरमा संसद सचिवालयमा प्रस्ताव दर्ता गर्न सक्ने छन् । नीति तथा कार्यक्रममाथि भोलि र पर्सी संसदमा छलफल गर्ने कार्यसूची तय गरिएको छ । संशोधन दर्ता गर्न चाहनेहरुले आज बिहान ११ बजेदेखि ४ बजेसम्म गर्न सक्ने गरी समय तोकिएको संसद सचिवालयका सह–प्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संसदमा नीति तथा कार्यक्रम पेश गर्नु भएको हो । भोलिबाट छलफल हुने नीति तथा कार्यक्रम माथि ३० गते धन्यवाद प्रस्तावसहित पारित गर्ने कार्यतालिका रहेको छ । नीति तथा कार्यक्रममाथि सांसदले बोल्नेक्रम सकिएलगत्तै उठेको जिज्ञासा र प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रमका आधारमा जेठ १५ मा बजेट ल्याउने तयारी सरकारले गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार