गुरुले शिस्य भगाए

काठमाडौं , आफैले पढाउने विद्यालयकी बालिकालाई भगाउने गोविन्द सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्वत ठानामौला स्थायी घर भएका २० बर्षिय गोविन्द सुवेदीलाई १४ बर्षिया बालिकासंग बालविवाह गरेको अभियोगमा प्रहरीले वुधवार कुश्माको शिवालय चोकबाट नियन्त्रणमा लिएको हो । म्याग्दीको मुना गाविसमा रहेको धौलागिरी निमाविमा विज्ञान विषय अध्यापन गराउँदै आएका सुवेदीले सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत किशोरीलाई जेठ ४ गते शनिबार भगाएका थिए ।केटीका दाजुले दिएको लिखित उजुरीको आधारमा दुवै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव उपरिक्षक मुकुन्द मरासीनीले बताउनुभयो । बालबिवाह गरेको उजुरी परेकाले सुवेदीलाई अनुसन्धानका लागि पक्राउ गरिएको र आवश्यक अनुसन्धान पश्चात कानुनी प्रक्रिया अघि बढाइने प्रनाउ मरासीनीले बताए ।प्रहरी नायव उपरिक्षक मरासीनीका अनुसार सुवेदीले आफूहरुबीच प्रेम सम्बन्ध रहेकोले बिवाह गर्न केटीलाई भगाएको प्रारम्भिक बयान दिएका छन् । सुवेदी दुई वर्षदेखि विद्यालयमा अस्थाई शिक्षकको रुपमा कार्यरत थिए । सुवेदीले प्रेमको बाहनामा ललाई फकाई अनुचित लाभ लिएको र बालबिवाह गरेको केटीका परिवारले आरोप लगाएका छन् ।