आज विश्व नर्स दिवस

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौ, ३० बैशाख । आज मे १२ तारिख अर्थात विश्व नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत नर्ससहित अन्य स्वास्थ्यकर्मीहरुको सहभागीतामा अभियानमुलक कार्यक्रमहरु गरी यो दिवस मनाउने गरिएको छ । अन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको छ ।
आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । उहाँले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज पनि संचालन गर्नुभएको थियो ।
यस अवसरलाई नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको नयाँ मोड पनि मानिन्छ । ‘लेडि विथ दि ल्याम्प’ को उपनामले समेत विश्वमा परिचित फ्लोरेन्सको जन्म सन् १८२० मा ब्रिटेनमा भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु