पूर्वसम्झौता तोडेदै एकेडेमी आफैँ निर्माण गर्ने भारतिय प्रस्ताव

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौ, ३० बैशाख । भारतले डेढ वर्षअघि अनुदान दिएर नेपाल सरकारले नै नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) निर्माण गर्ने गरी भएको पूर्वसम्झौता नमान्ने बताएको छ । उसले पूर्वसम्झौता तोडेर एकेडेम आफैँ निर्माण गर्ने नयाँ प्रस्ताव अघि सारेको बताइएको छ। सुरुमा नगद नै अनुदान दिने र नेपाल सरकारले एकेडेमी बनाउने सम्झौता भएको थियो । तर, गत महिना भारतले सबै संरचना आफैँ निर्माण गरेर हस्तान्तरण गर्ने नयाँ प्रस्ताव अघि बढाएको छ । भारतको प्रस्ताव छलफलको क्रममा अर्थ मन्त्रालयमा छ । ‘हुलाकी सडक निर्माणको सहयोग मोडलमा प्रहरी एकेडेमी निर्माणको प्रस्ताव भारतको छ,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाले भने, ‘नयाँ प्रस्तावका कारण एकेडेमी निर्माणको काम अघि बढ्न सकेको छैन।’ प्रहरी एकेडेमी निर्माणको सम्झौता १० मंसिर ०७१ मा भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को बैठकमा सहभागी हुन नेपाल आएका वेला एकेडेमी निर्माण परियोजना सम्झौतामा हस्ताक्षर भएको थियो। एकेडेमी निर्माणमा भारतले आठ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ सहयोग गर्ने सम्झौता भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार