ट्राफिक जरिवाना न्युनतम पाँच सय

२०७३ बैशाख ३१ गते, शुक्रबार

काठमाडौं,३१ वैशाख । सरकारले बृद्धि गरेको सवारी नियम उल्लंघनको जरिवाना भोलिदेखि लागू हुने ट्राफिक प्रहरी महाशाखले जनाएको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालकले भोलिदेखि न्युनतम पाँच सय रुपैयाँ देखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना तिर्नु पर्नेछ । यातायात व्यवस्था ऐन २०४९ मा भएको जरिवानाको पुरानो प्रावधान परिमार्जन गर्दै सवारी नियम उल्लङ्घन गर्ने चालकलाई नेपाल सरकारले नयाँ जरिवाना तोकेको हो । गत बर्ष असोजमा भएको नेपाल सरकारको निर्णय बमोजिम यो नियम भोलिबाट देशैभरी लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विगतमा कारवाहीमा परेका चालकले आज जरिवाना तिरेमा पुरानो प्रावधान अनुसारको रकम बुझाउनु पर्नेछ । यदि आजसम्म पनि जरिवाना नतिरेमा भोलिबाट लागु हुने नयाँ प्रावधान अनुसारको जरिवाना रकम तिर्नु पर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार