सगरमाथामा आरोहीको भीड

२०७३ जेष्ठ २ गते, आईतवार

काठमाडौ, २ जेठ । सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार आज मात्र १० नेपाली र ७ विदेशीले सगरमाथाको सफल आरोहण गरेका छन् । श्रेष्ठका अनुसार गत वैशाख २९ गते बुधबारदेखि सुरु भएको पर्वतारोहणको आज पाँचौ दिनसम्म ६२ जना स्वदेशी तथा विदेशीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । हिजो शनिबार दुई नेपाली र एक क्यानाडेली नागरिक सगरमाथाको चुचुरामा पुगेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु