आज २३ औं मदन–आश्रित स्मृति दिवस
काठमाडौ, ३ जेठ । आज २३ औं मदन–आश्रित स्मृति दिवस । २०५० सालमा जीप दुर्घटनामा निधन भएका नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक वर्ष जेठ ३ गते एमालेले स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरेको छ । एमालेले आज बिहान पुरानो केन्द्रीय कार्यालय बल्खुमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ‘माल्र्यापण तथा श्रद्धाञ्जली’ र दिउँसो १२ बजेपछि राष्ट्रिय नाचघर जमलमा विचार ‘गोष्ठी’ आयोजना गरिएको एमालेले जनाएको छ । जनताको बहुदलीय जनवादका व्याख्याता जननेता भण्डारी र आश्रितको चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा निधन भएको हो ।
जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिनपछि शव भेटिएको थियो । घटनाको छानबिन गर्न विभिन्न आयोगहरु बनेपनि यथार्थ अहिलेसम्म बाहिर आउन सकेको छैन ।