प्रचार प्रसारको पर्खाईमा सुकेपोखरी
काठमाडौँ, ४ जेठ । पाँचथरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल सुकेपोखरी प्रचार प्रसारको अभावमा सुकेपोखरी ओझेलमा परेको छ । सदरमुकाम फिदिमबाट मात्र ३० किलोमिटरमा पुग्न सकिने सुकेपोखरीमा मनै लोभ्याउने विभिन्न प्रजातिका गुराँसहरु, होमडाँडा, जग्गेधारा, नाँगढुंगा, आलुढुँगा पाईने गर्दछ । तर प्रचार प्रसारको अभाव र त्यहासम्म पुग्ने राम्रो बाटो नहुंदा पर्यटक भित्रन नसकेको स्थानीय बताउँछन् । यस वर्ष भने मेची पहाडि पर्यटन प्रर्वद्दन समिती इलामले ९ लाख रुपैयां खर्च गरेर सुकेपोखरी जानको लागि सडक निर्माण गरेको छ । तर पनि सडक कालोपत्रे नहुंदा यहां पुग्ने पर्यटकले सास्ती व्यहोर्दै आएका छन् ।