क्रान्तिकारी अभियान कसैले रोकेर रोकिन्न – पुष्पगोपाल श्रेष्ठ

२०७३ जेष्ठ ५ गते, बुधबार

“कसैले पनि ‘एकता’ को लागि हुने हल्लाबाट आफुलाई भ्रममा पानुहुदैँन । जस्ले प्राय ती शब्दलाई आफ्नो ओठमा ल्याइरहन्छ, सबैभन्दा बढी तिनीहरु नै फुतपरस्त हुन्छन् सबैभन्दा बढी सङकिर्णतावादी र सबैभन्दा झगडालु र धोकेबाजहरुले नै प्रायः एकताको लागि सबैभन्दा बढी जोड दिन्छन् ।” क.फेडरिख एङगेल्स यसो भन्नुहुन्थ्यो । वास्तविक यथार्थता त यहि नै हो, दसौं हजार वीर सपुतहरुको जीवन आहुति, हजारौं अपाङ्ग बनाईएका र हजारौं हजार बेपत्ता पारिएका देशका सपुतजनहरुको त्याग, तपस्या र बलिदान(सैद्धान्तिक अदान)लाई किनचित सम्म पनि ढक्नमानि चुङवाङ बैठकमा सैद्धान्तिक बिचलनकारीहरुले जनवादी गणतन्त्र(जनतन्त्र)लाई विस्थापित गरी लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा तर्जुमा गरी गरिएको पार्टी बिभाजनको बिजारोपन आज यहाँसम्म आइ पुग्दा नेपालमा पार्टी विभाजनकाृ प्रक्रियाकमा बेग्लै किसिमको फेरबदल आएको देख्न सकिन्छ । यसो हुनआउनुमा विशेषतः सैद्धान्तिक विचलन अर्थात दक्षिणपन्थी नवसंशोधनवादको गहिरो प्रभाव तथा सच्चा क्रान्तिकारी धाराको सैद्धान्तिक अदान सही भएर पनि क्रियाकलापमा केहि कमि–कमजोरि रहन जानुको परिणाम यसरी पार्टी विभाजनको प्रक्रिया झाँगिन्दै आएको कुरालाई नकार्न मिल्दैन । तसर्थ आउँदा दिनहरुमा यसरि सैद्धान्तिक विचलनको भूमरि दक्षिणपन्थी नवसंशोधनवादमा फसेर पार्टी विभाजनको प्रक्रिया फेरि फेरि दोहरिन नपावस भन्ने हेतुले क्रान्तिकारी सचेततालाई जागरुक ढङ्गले कामयाव बनाई राख्नु नितान्त जरुरी छ ।
अवश्य पनि जनता, शुभचिन्तक र पार्टीपङतिको चाहना क्रान्तिकारी कम्युनिष्टहरुको बिचको एकतामा नै छ । यस्तै सन्दर्भलाई लिएर लेनिन भन्नुहुन्थ्यो–“एकता महान कुरा हो र महान नारा हो । तर, मजदुर वर्गको कामको निम्ति हुने एकता, एकता माक्र्सवादीहरुको एकता हो, माक्र्सवादीहरु तथा माक्र्सवाद विरोधि र माक्र्सवादलाई तोडमोड गर्नेहरु बिचको एकता होइन ।” तर हालै मात्र सार्वजनिक भएको बा¥ह बुँदे साझा सहमतिका हरेक बुँदा बुँदामा उपयोग भए गरेको ‘बेता न बेती’ जस्तो काइते भाषामा संगालिएको दक्षिणपन्थी नवसंशोधनवादी साझा सहमतिमा टेकेर, एकताबद्ध पार्टीलाई फुताई अन्य पार्टीसँग, पार्टी एकताको नाउँमा पार्टी एकता कायम गर्न जानुको अर्थ के ? भन्ने कौतुहलता सामान्य जनमानस बिच जाग्न थालेको छ ।
कम्यनिष्ट बन्नुको अर्थ अवश्य पनि यो होइन कि व्यक्तिगत सुख सुविधा र ऐस आराम हासिल गर्न दुनियामा जे जस्तो काम गर्न पनि छुतपाउने ? कम्युनिष्ट बन्नुको अर्थ हो साम्यवादलाई स्वीकार्नु र साम्यवादी बन्नु । साम्यवादीको नैतिकता त्यो हो जसले उत्पिडित वर्गको संघर्षमा सहायता पु¥याउछ, जस्तो श्रमजीविहरुलाई जुनसुकै किसिमको शोषणको विरुद्ध र जुनसुकै किसिमको सानातिना स्वामित्वको विरुद्ध एकवद्ध गर्दछ, किनभने सानातिना स्वामित्वले पूरै समाजको श्रमको उपज एकजनाको हातमा सुम्पिदिन्छ । वास्तवमा मुलुकभित्र रहेको हर विषय वस्तुहरु मुलुकभित्र रहेका सम्पूर्ण मुलुकवासिहरुको सामुहिक सम्पति हो ।
अब मानिलिनुस्, यदि म यस सामुहिक सम्पतिकाृ एउटा सानो टुक्रा लिएर त्यसमा आफुलाई चाहिने भन्दा दोब्बर बढी अन्न उब्जाउँछु र बचत अन्न कालो बजारमा बेचेर नाफा कमाउँछु, जति बढी मानिसहरु भोका रहनेछन त्यति नै अन्नको मोल पनि चर्किने छ भन्ने विचार गर्दछु भने के मेरो आचरण एउटा कम्युनिष्टको जस्तो हुन सक्छ ? होइन, मेरो आचरण एउटा शोषकको जस्तो एउटा सम्पतिवालाको जस्तो हुन जानेछ । हामीले यसैको विरुद्ध संघर्ष गर्नु परेको छ । यदि यस कुरालाई यथास्थितिमा रहन दिइयो भने पहिलेका क्रान्तिहरुमा अनेक पल्ट दोहोरिएको जस्तै हामी फेरि विस्तार विस्तार उहि सामन्तवादी, दलाल पूँजीपति तथा प्रतिक्रियावादीहरुको सत्तामा बुर्जुवावर्गको सत्तामा सदा घोप्टो मुण्टो लाएर बस्नु पर्ने हुनजान्छ । भन्नुको मतलव हालै क्रान्तिकारी कम्युनिष्ट पार्टीका एकजमाथ हतारिन्दै बरु आफ्नो पार्टीमा विभाजनै गरेर भएपनि रहल–पहल सब यथा स्थिति कायमै राखेर काइते भाषाको बा¥ह बुँदे साझा सहमति कायम गरी पार्टी विभाजन गर्न सफल भएभन्दै भ्यागुता उफ्रे भैंm बुर्लुक बुर्लुक उफ्रिदै हिंडेको देख्नु पर्दा, मुलुक र मुलुकवासि नेपालीहरु प्रतिको जिम्मेवारी बोद्धको चिन्ताले सताउन थालेको छ ।
यतिखेर अत्यन्तै गम्भिर रुपको सोचनिय कुरो के हुन आयो त भने, हिजोको त्यो पुरानो शोषणमूलक समाजको विरुद्ध सर्वहारावर्ग, किसान तथा श्रमजीवीहरुको अनवरत संघर्षसित आफ्नो जीवन समर्पित गरी ऐतिहासिक दस वर्षिय जनयुद्धको प्रमुख नेतृत्वकारी भूमिका मा रही आएका ती नै व्यक्ति हुन जस्ले त्यतिबेला युवा–पङतिलाई प्रशिक्षणको क्रममा भन्ने गर्थे, अनवरत संघर्षसित आफ्नो शिक्षा, अनुशासन र अध्ययनको कार्यको प्रत्यक पाइलालाई सम्वद्ध तुल्याएर मात्रै युवा पुृस्ताले साम्यवादको शिक्षा हासिल गर्न सक्त छ । जब हामीसित सदाचारको कुरा गरिन्छ, हामी भन्द छौं, कम्युनिष्टहरुको निमित्त सारा सदाचार यसै सुसंगठित अनुशासन र शोषकहरुको विरुद्ध सचेत जनसंघर्षमा सम्मिलित छ । कम्युनिष्टहरु शाश्वत सदाचारमा विश्वास गर्दैनौं र सदाचारको बारेमा जुनसुकै कपोलकल्पित कुराको धोखाको पनि पोल खोलनै पर्छ । सदाचार भनेको मानव समाजलाई माथि उठाउने र श्रमको शोषणबाट मुक्ति पाउने साधन हो । तर आज आएर ठिक यसको विपरित शाश्वत सदाचारको पक्षमा वकालत गर्दै अर्थात माक्र्सले स्थापित गरेको–“सिद्धान्तको प्रश्नमा कुनै सौदाबाजि हुँदैन” भन्ने सिद्धान्तलाई तिलाञ्जलि दिन्दै वर्ग संघर्ष होइन, वर्ग समन्वयवादी संसदीय आहलमा दुवेर क्रान्ति विरोधि दक्षिणपन्थी नवसंशोधनवादलाई तिखार्न मरिहत्थे गर्दै हिंडनेको पछाडि कुददै उसैको फेद समातेर(आध्यात्मवादीहरु वैतर्नी नदि तर्न गाइको पुच्छर समात्न आतुर गरे भैंm) कुदन हतारिनुको परिणति न हो यो बा¥ह बुँदे साझा सहमति र पार्टी एकता ।
क.माओ भन्नुहुन्थ्यो “भविष्यका लागि विगतबाट पाठ सिक, रोगिलाई बचाउन रोगको उपचार गर, एकताको इच्छालाई पहिले अगाडि राख, आलोचना र संघर्षको प्रक्रियाबाट अघि बढ, सही र गलत छुत्याउ र नयाँ आधारमा नयाँ एकता कायम गर ।” तर यहाँ त आपूmलाई खाँति माओवादी भन्नेहरु नै माओको अत्यन्त महत्वपूर्ण सन्देशलाई अनादर गर्दै, पार्टीभित्रका केहि व्यक्ति विशेषका समूहद्वारा पार्टी एकताको नाम भज्दै आफ्नै पार्टीलाई समेत गुमराहमा राखि(पारी) एमाओवादीसँग बा¥ह बूँदे साझा सहमति भएको कुरा सार्वजनिक हुन आउनुबाट के कुरा सिद्धहुनआएको छ भने, शास्त्रीय तथा आधुनिक संशोधनवादले द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद, वर्ग–संघर्ष, क्रान्तिमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व लगाएतका माक्र्सवादका आधारभूत मान्यताको खुल्लै परित्याग तथा तोडमोड गर्दछ भने नव–संशोधनवादले अत्यन्तै छद्म रुपमा जडसूत्रवादको विरोध र माक्र्सवादको सिर्जनात्मक प्रयोग एवम् क्रान्तिको मौलिक्ताको बहाना बनाएर ठिक त्यहि काम गर्दछ । माक्र्सवादको सिर्जनात्मक विकासको नाउँमा माक्र्सवादको अपहरण गर्नु नव–संशोधनवादको मूल विशेषता नै हो ।
पार्टी एकताको लागि साझा सहमतिका बुँदाहरु नामक यस प्रस्तावले एकातिर सारसंग्रहवाद अवलम्बन गरेर पूँजीवादी जनवादी तथा समाजवादी क्रान्तिका दुई भिन्न चरण र तिनमा आधारित दुई भिन्न कार्यदिशालाई एउटै ठाउँमा घोलमेल गर्ने प्रयास गर्नु तथा अर्काेतिर समाजवादी क्रान्तिको दिशामा अगाडि बढने आधारभूत राजनीतिक कार्यदिशा अवलम्वन गर्नपुग्नु । अन्ततः एकता महाधिवेशनमा कार्यदिशाको परिमार्जन, समृद्धिकरण र संश्लेषणको कुरा गरेर यसमा दक्षिणपन्थी नवसंशोधनवादी राजनीतिक कार्यदिशालाई जवरजस्त रुपले स्थापित तुल्याइएको छ ।
हिजोका दिन (जनयुद्धक्रम) मा क.प्रचण्डले वर्गिय तथा राष्ट्रिय एवम् अन्तरराष्ट्रिय आत्मासम्र्पण गरी पु.क.भट्टराई बिच ‘काले काले मिलेर खाउँ भाले’ कार्यनीति तय गरी चुङवाङ बैठकबाट जनवाद(जनगणतन्त्र) लाई विस्थापित गरी लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पास गरी जनयुद्धप्रति विश्वासघाट गर्न पुगे जस्तै गरेर अहिले फेरि क.प्रचण्डको सामुने क.बादलले नयाँ जनवादी क्रान्तिप्रति विश्वाघाट गर्दै राष्ट्रिय जनवाद अर्थात राष्ट्रिय प्रजातन्त्रको खुश्चोभ तथा तुलसिलाल पक्षिय विचारसहितको प्रस्ताव प्रस्तुत गरी, आफ्नो दलबलसहित आत्मासमर्पणकै प्रक्रियामा पार्टी एकताको नाँउमा एमाओवादीमा समाहित हुनपुगेर अन्ततः उहि सरेगलेको संसदिय आहलमा दुवुल्किमार्न पुगेका छन् ।
क्रान्तिकारी धाराका पक्षधरहरु, पार्टीभित्र आइपरेको यो विष्ांगतिपूर्ण फेरि पार्टी विभाजन जसरि हुन पुगेको छ, त्यसबाट अाँतिनुपर्ने कुनै खास कारण छैन । हो, जे नहुनु पर्ने थियो त्यो हुन गइरहेको छ । त्यसो त जे जस्तो हुन गइरहेको छ, त्यसलाई सरसति हेर्दा अत्यन्तै नराम्रो स्थिति सृजना हुन त हुन गएकै हो । जुनकुरो हर–हालतमा हुनु थियो, त्यो समय् नवित्दै भयो राम्रै भयो मात्र हैन, अत्यन्तै राम्रो भयो । एउटा कहावत छ नि “कुचोले वढारी रहनु नै नपर्ने गरी हावा आपैmले उदायर लग्यो” किन यसो सोचेको हो भने कुनै कुनै कुरो नहुनु पर्ने थियो तर हुन गयो भने कहिले काहिं त्यसले नराम्रो र खराब पक्षको आपसे आप उदाङग भइदिएर राम्रो र आवश्यक पक्षको द्वार खोल्न पुगिरहेको हुन्छ । जस्तो अहिले पार्टीभित्रको स्थितिमा देखापर्न आईरहेको छ । निश्चितै रुपमा पार्टी विभाजन हँुदा, संख्याको हिसाबले पार्टीको शक्ति¥हास हुन पुगेको महसुस हुन आउनु आस्वाभाविक पक्कै पनि होइन । परन्तु, यस कुरालाई त्यस अर्थमा स्वभाविक मान्न सकिन्न कि बैचारिक शक्ति भन्दा भौतिक शक्ति भयङकर बलवान र महान हुन्छ । भौतिक शक्तिको परिचायकत आखिर वैचारिक शक्ति नै त हो । त्यसैले यस्तै विषयगत प्रसंगलाई लिएर क.माओ भन्नु हुन्थ्यो “मुख्य लाइन गलत छ भने स्थानीय र सैनिक नेतृत्वमा आफ्नो पकड हुँदा पनि पटन अवश्यंभाबी छ, यदि लाईन सही छ भने सुरुमा आफुसँग एकजना सिपाही नहुँदा पनि सिपाहीहरु आउने छन् र राजनीतिक सत्ता आफ्नो नहुँदा पनि राजनीतिक सत्ता प्राप्त हुनेछ । हाम्रो पार्टीको ऐतिहासिक अनुभव र माक्र्सको समयदेखिको अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनले यही कुरालाई सिद्ध गरेको छ । गाँठी कुरा भनेको लाईन हो व्यक्ति विशेषका भिडभाड होइन ।
क्रान्तिको आवश्यकता र जनता, शुभचिन्तक र पार्टी पङतिको चाहना क्रान्तिकारी कम्युनिष्टहरुका बिचको एकतामा नै छ । यसै एकता मार्पmत राष्ट्रियता, जनतन्त्र र जनजिविका लगाएतका समस्याहरु समाधान गर्दै नेपालमा गर्न खोजेको आमूल परिवर्तनको अर्थ यसरी के कुरा एकदम् प्रष्ट छ भने पहिले हामीले नष्ट गर्न खोजेका नेपालको पुरानो राष्ट्रिय संस्कृतिका प्रतिक्रियावादी तत्वहरु नेपालको पुरानो राष्ट्रिय राजनीति र अर्थ–व्यवस्थासँग अभिन्न रुपले गाँसियका छन् र हामीले निर्माण गर्न चाहेको नेपालको नौलो राष्ट्रिय संस्कृति नेपालको नौलो राजनीति र अर्थ–व्यवस्थासँग अभिन्न रुपले गाँसिएको छ । नेपालको पुरानो राजनीति र अर्थ–व्यवस्था पुरानो संस्कृतिको जग बनेको छ, त्यसैगरी नौलो राजनीति र अर्थ¬–व्यवस्था नौलो संस्कृतिको जग बन्ने छ । अत्यन्तै महत्वपूर्ण यस कार्य सम्पन्न गर्न सच्चा क्रान्तिकारी कम्युनिष्टहरु सहित माओवादी शक्तिहरुका बिच एकता आजको ऐतिहासिक आवश्यकता हो । यस आवश्यकता परीपुर्तिको निमित्त हामीले पार्टी एकताका सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक आधारका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवाद, संसदवादको विरोध बलप्रयोगको सिद्धान्त, जनवादी केन्दि«यताप्रतिको समान सोच र समान दृष्टिकोणको आधार निर्माण गरी, सोहि आधारमा टेकि पार्टी एकता कायमगरि आजको आवश्यकता अनुरुप क्रान्तिकारी पहलकदमिकासाथ अग्रसरहुन जरुरी थियो र छ ।
हाम्रो देश नेपालमाथि आइपरिरहेका विपतिहरु ज्यादै गम्भिर छन् । वैज्ञानिक दृष्टिकोण तथा जिम्मेवारीको भावना लिएर मात्र हाम्रो देशलाई मुक्तिको बाटोतिर लान सकिन्छ । सत्य एउटै मात्र छ र कसैले सत्य फेलापारेको छ वा छैन भन्ने कुरा मनोगत अहंकारमाथि होइन तर वस्तुगत व्यवहारमाथि भरपर्छ । का.स्तालिन भननु हुन्थ्यो –“व्यवहारसित नगाँसिएको सिद्धान्त निरुद्देस्य हुन्छ, निरुद्देस्य सिद्धान्त व्यर्थको र झुटो हुन्छ र त्यसलाई त्याग्नै पर्छ । निरुद्देस्य सिद्धान्तको पण्डित्याई छाँट्न मनपराउनेहरु तर्पm हामीले तिरस्कारपूर्ण औंला ठडयाउनुपर्छ । माक्र्सवाद–लेनिनवाद वस्तुगत यथार्थबाट जन्मेको र त्यसैको कसिमा जाँचिएको सबभन्दा सही वैज्ञानिक र क्रान्तिकारी सत्य हो, तर माक्र्सवाद–लेनिनवादको अध्ययन गर्ने ज्ञाता भनिएका धेरै मानिसले यसलाई निष्प्राण सूत्र ठान्छन् र यसरी तिनले सिद्धान्तको विकासलाई अवरुद्ध पार्छन र आपूm र अरु कामरेडहरुलाई हानी गर्छन् । जस्तो कि हालै मात्र पार्टी एकताको नाउँमा एमाओवादीभित्र समाहित हुन पुगेको कुरा सार्वजनिक हुनपुगेको छ । जस्ले गर्दा क्रान्तिकारी कम्युनिष्टहरुसहित माओवादी शक्तिहरुका बिच एकताको चाहना राख्ने जनता, शुभचिन्तक र पार्टीपङक्तिमा यद्यापि अस्थाई रुपकै मात्र भए पनि नराम्ररि ठेस त पु¥याएकै छ । खासमा भन्नुपर्दा यो ठेस केहि क्षणको निमित्त मात्र हो, अन्ततः क्रान्तिकारी कम्युनिष्टहरु आफ्नो क्रान्तिकारी अभियानमा आइपर्ने यस्ता अनेकौ बाधा अर्चनहरुलाई ढुलो चताउँदै अगाडि बढ्ने क्रान्तिकारी अभियानलाई कोहि कसैले रोकेर रोकिन्न क्रान्तिकारीहरु क्रान्तिको नेतृत्वको लागि दृढतापूर्वक अगाडि बढनुपर्छ विजय अवश्यमभावी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु