बेलायत पुग्यो संसारकै सबैभन्दा ठूलो पानी जहाज
काठमाडौँ, ५ जेठ । संसारको सबैभन्दा ठुलो पानी जहाज क्रुज जहाज हार्मनी अफ द सिज बेलायत पुगेको छ । साउथैम्पटन पुगेको ७.५ अर्ब रुपैया मूल्यको यो जहाजको लम्बाई ३६१ मिटर छ । ५ हजार ४ सय ९७ जना यात्रु क्षमताको यो जहाजमा २० रेस्टुरेन्ट र २३ वटा स्वीमिङ पुल छ । यो जहाज बनाउन करिब अढाई वर्ष लागेको थियो । ७० मिटर अग्लो यो जहाजको पहिलो ट्रायल मार्च महिनामा गरिएको थियो । यो जहाजलाई सान नजेर बन्दरगाहबाट समुद्रमा छोडिएको हो ।
जहाजमा आएका यात्रीका लागि १६ गेस्ट डेक्सको व्यवस्था छ र यसको बगैंचामा ५२ वटा रुख पनि छ । यो विशालकाय जहाजमा ११ हजार २ सय ५२ कलाकृतिहरुसमेत सजाइएको छ। २२ मेमा हार्मनी अफ द सिज साउथैम्पनबाट चार दिनमा राटरडैम जानेछ । २६ मेमा यो जहाज तीन रातमा चेरबर्ग जानेछ । अन्त्यमा साउथैम्पनबाट २९ मेमा यो जहाज बार्सिलोना जानेछ जहाँ गर्मीभर रहनेछ । – एजेन्सी