अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

२०७३ जेष्ठ ६ गते, बिहीबार

काठमाडौँ, ६ जेठ । आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ । सिद्धार्थ गौतम बुद्धको जन्मस्थान र बौद्ध दर्शनका विषयमा फैलाइएका भ्रम चिर्ने लक्ष्यसहित काठमाडौँमा सो सम्मेलन हुन् लागेको हो । सो सम्मेलनमा भाग लिन ‘लुम्बिनी : भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने आशयसहित विश्वका दुई दर्जन देशका बौद्ध धर्मावलम्बी नेपाल भित्रिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विश्वका २८ देशका सरकारी प्रतिनिधि, धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता गरी चार सयको सङ्ख्यामा आगन्तुक सम्मेलनमा सहभागी हुन आइसकेका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
दुई दिन राजधानीमा सञ्चालन हुने उक्त सम्मेलनमा बुद्धसँग सम्बन्धित विभिन्न १९ वटा कार्यपत्र प्रस्तुत हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले बताएका छन ।
यसैगरी, २५६०औँ बुद्धजयन्तीका अवसरमा सरकारले लुम्बिनीमा जेठ ८ गते बृहत् कार्यक्रम आयोजना गर्न भएको छ । दुई दिन काठमाडौँमा सञ्चालन हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका सहभागीसमेत उक्त कार्यक्रमका लागि लुम्बिनीमा जम्मा हुनेछन् । लुम्बिनीसँगै तिलौराकोट, देवदह र रामग्रामलाई आन्तरिक बुद्धिस्ट सर्किट बनाउने विषयमा समेत सोही दिन छलफलको कार्यक्रम राखिएको छ ।
त्यस्तै विश्वशान्तिको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई अन्तर्राष्ट्रिय शान्ति अवार्डबाट सम्मानित गर्ने कार्यक्रम पनि राखिएको छ । अन्तिममा लुम्बिनी घोषणापत्र जारी गरी त्यसको कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय संयन्त्र निर्माण गरेर कार्यक्रम समापन गर्ने तालिका छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु