कटन कारखानामा आगलागी , ७८ लाख बराबरको क्षति

२०७३ जेष्ठ ६ गते, बिहीबार

काठमाडौँ, ६ जेठ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१६ लोकन्थलीमा रहेको कटन कारखानामा बिहीबार बिहान ३ बजे आगलागी भएको छ । कपडा पेलेर कपास उत्पादन गर्ने उक्त कारखानामा आगलागीबाट ७८ लाख रुपैयाँ बराबरको सामान क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट ६ वटा मेशिन, कपास, फर्निचर र अन्य बिभिन्न सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । दिउँसो लोडसेडिङ्गले विद्युत नहुने भएकाले स्वीच अफ गर्न बिर्सिएको र राति विद्युत ३ बजेतिर अचानक विद्युत सर्ट भएर आगोलागी भएको दोलखा पावती-७ घरभई मध्यपुर थिमि राधे राधे बस्दै आएका उद्योग सञ्चालक बलराम उप्रेतीले बताए ।
आगलागीबाट मानवीय क्षति भने नभएको उहाँको भनाई छ । आगोलागी भएपछि भक्तपुर, काठमाडौं र ललितपुरबाट आएको दमकलले बिहान ५ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार