बोकोहरामको अपहरणमा परेका एकजना मुक्त

२०७३ जेष्ठ ६ गते, बिहीबार

काठमाडौं, ६ जेठ । सन् २०१४ मा नाइजेरियामा अतिवादी इस्लामिक समूह बोकोहरामले अपहरण गरेका २ सय ७६ स्कूले बालिका मध्ये उनीहरुको कब्जाबाट मुक्त भएकी एकको परिवारसँग मिलन गराइएको छ । ती मध्ये एक जना अमीना अली न्केक क्यामरुन सीमानजिक सान्बिसा जंगलमा फेला परेको र उनकी आमासँग भेट गराइएको मानवअधिकारकर्मीहरुले जनाएका छन् ।
बोको हरामसँग लड्नका लागि बनाइएको संयुक्त नागरिक टास्क फोर्सको एक सुरक्षाकर्मीले ती छात्राको पहिचान गरेका थिए । कब्जा मुक्त भएकी छात्राका साथमा एक बच्चा पनि रहेको खबर छ । अपहरणमा परेका अन्य बालिकाको अवस्था भने अज्ञात छ । उत्तरपूर्वी चिबकबाट अपहरणमा परेका उनीहरुको विश्वभरमा अभियान गरिए पनि बोकोहरामले बालिकाहरुलाई छाडेका थिएनन् । शहर सन् २००२ मा स्थापित बोकोहरामको आतंकका कारण नाइजेरियामा हजारौं मानिस मारिइसकेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]