ठग कन्सल्टेन्सीको बिगबिगी

२०७३ जेष्ठ ६ गते, बिहीबार

काठमाडौ, ६ जेठ । विदेश पठाइदिने बहाना बनाएर ठगी गर्ने कन्सल्टेन्सीको संख्यामा वृद्धि भएको छ । महानगरीय अपराध महाशाखाको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १०० भन्दा कम निवेदन परेकामा यस आर्थिक वर्षमा १८० निवेदन परेको छ । कन्सल्टेन्सी ठगी ४४, बिचौलियामार्फत ठगी २२, म्यानपावर ठगी १२ तथा ट्राभल एजेन्सीमार्फत ठगीका तीनवटा निवेदन परेको छ ।
यस्तै ३८ निवेदकलाई मिलापत्र गराएर पठाएको र बाँकी ६१ निवेदन अनुसन्धानका क्रममा रहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । ‘यस वर्ष कन्सल्टेन्सीको संख्यामा वृद्धि भएको छ, महाशाखा सक्रिय रहेकाले गत वर्षको तुलनामा संख्या बढेको हो,’ उनले भने । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरु ठगिने गरेको सूचना धेरै आउन थालेपछि प्रहरीले सक्रियता बढाएको उनको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]