आयल निगम करोडौ रुपैयाँ बोनस बाड्दै

२०७३ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौ, ७ जेठ । नेपाल आयल निगमका कर्मचारीले ९० करोड रुपैयाँ बोनस पाउने भएका छन् । आगामी ९० दिनपछि निगमका कर्मचारीले सो बोनस पाउने भएका हुन् । निगमले सबै ऋण चुक्ता गरेसँगै गत आर्थिक वर्षमा बोनसका लागि भनेर छुट्टाइएको यो रकम कर्मचारीलाई वितरण गर्न बाटो खुला भएको छ । बोनस ऐन २०३३ बमोजिम नाफाको १० प्रतिशत रकम कर्मचारीको बोनसका लागि छुट्टाउनु पर्छ । गत आार्थिक वर्षमा निगमलेको वासलातमा बोनस शिर्षकमा ९० करोड छुट्टाएको हो ।
निगम सञ्चालक समितिले ०६६ मा ऋण चुक्ता गरेपछि बोनस बाँड्न पाइने निर्णय गरेको थियो । अहिलेको आधारमा नाफा हुँदै गए ९० दिनपछि निगमले सबै ऋण चुक्ता गरिसक्नेछ । निगमको १५ दिनको नाफा ४० देखि ६० करोडसम्म हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार