सोनाम छिरीङ शेर्पा नया शक्तिमा प्रवेश

काठमाडौ, १० जेठ । सोेलुखुम्बुका राजनितिज्ञ सोनाम छिरीङ शेर्पा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रबेश गरेका छन सुकेधारा स्थित मिराकल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा शेर्पा लगायत सोलुखुम्बुका युवा नेताहरु नया शक्तिमा प्रवेश गरेका हुन । पुर्व प्रधानमन्त्रीका राजनितिक सल्लाहाकार, सोसाइटि फर डाइलगका अध्यक्ष, अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष तथा शेर्पा सेवा केन्द्रका सस्थापक महासचिव भइसकेका शेर्पाले लामो समय राजनितिमा नै विताएका थिए ।
डा. भट्टराई को विचार र उनले गर्ने हरेक कामबाट प्रभावित भएर नया शक्तिमा प्रबेश गरेको सोनाम छिरीङ शेर्पाले बताए । नया शक्ति नेपालले दलित, जनजाती, महिला, पिछडिएका बर्गहरु सवैलाई समेटिएकाले गर्दा नया शंक्तिमा प्रवेश गरि देशलाई नया दिसा तिर लाने उनले बताए ।
कार्यक्रममा डा. बाबुराम भट्टराईले समाज विकाश, गरिवी निवारण, युवालाई स्वदेशमा नै रोजगारको व्यावस्था प्रदान गर्नका लागि नया शक्ति लागि पर्ने र भ्रष्टचारमुखि समाज निमार्ण गर्नमा लागि पर्ने बताए । सोही कार्यक्रममा पूर्वमन्त्री नरबहादुर बुढाथोकी पनि नयाँ शक्तिमा प्रवेश गरेका छन् ।